'हिफाजत' ५० दिन पूरा

                                                    BACK TO HOME PAGE




रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र 'हिफाजत' ले राजधानीका गुण, गोपी र अष्टनारायण हलमा प्रदर्शनको ५० दिन पूरा गरेको छ। ज्ञानेन्द्र देउजाद्वारा निर्देशित यस चलचित्रले ५० दिनको यात्रा पूरा गरे पनि चलचित्रका निर्माता छबि ओझाले कुनै बिशेष कार्यक्रम गर्ने योजनामा छैनन् ।


अन्य चलचित्रका निर्माताहरूले आफ्नोचलचित्रले ५१ औं दिन मनाउँदा भव्य समारोहको आयोजना गर्ने गर्थे तर निर्माता छबि भने खर्च गर्न डराए । चलचित्रले ५१ औं दिन मनाएको भएपनि थोरै हलमा चलेकोले पैसा खासै नकमाएको हुनाले खर्च गर्न डराएको छबि बताउँछन् । चलचित्रकी निर्मात्री तथा नायिका रेखा थापा पनि ५१ दिन पुगेकोमा भव्य कार्यक्रम गर्नुपर्छ भन्ने पक्षमा आफू नरहेको बताउँछिन् ।

No comments:

Post a Comment