दुई महिनाजति भयो, एउटा चलचित्र राजधानीमा प्रदर्शन भयो 'सपनाको नौलो संसार' । युरोपमा छायांकन गरिएको उक्त चलचित्र हतारमा सार्वजनिक गर्दा निर्माणपक्षले पर्याप्त दर्शक पाएन । चलचित्र हेर्नेहरूले भने 'राम्रो बनेको छ ।'
प्रचारप्रसारको अभावमा असफल भएको उक्त चलचित्रमा दुई नायिका छन्- ऋचा घिमिरे र कमला दाहाल । चलचित्र निर्माण गर्ने क्रममा कमलाले निर्वाह गरेको भूमिकामा उषा पौडेल थिइन् । दुर्भाग्य, युरोपमा छायांकन गर्न त्यहाँ जाने भिसा नपाएपछि उषा यतै अड्किइन् । चलचित्रका निर्देशक राजु शाह भने ढुक्क थिए । नृत्यकलाकारका रूपमा कमलासँग उनको परिचय थियो ।
जर्मनीमा होटल सञ्चालन गरेर बसेकी कमलालाई उनले उषाको स्थानमा लिए । चलचित्र बनाउन जति मेहनत गरियो, चलाउने बेला गरिएन । जर्मनीमै छायांकन भएको एउटा तामिल भाषाको चलचित्रकी सहनायिका कमला नायिका भएको पहिलो स्वदेशी चलचित्रले पाउनुपर्ने चर्चा नपाए पनि उनी स्वदेश घुम्न आइन् । जर्मनीमा अप्रवासी नेपालीका छोराछोरीहरूलाई नेपाली नृत्य सिकाउँदै आएकी कमला भन्दै थिइन् -'विदेशमा बस्दैमा म विदेशीचाहिँ होइन । स्वदेशी चलचित्र खेल्ने रहर अझै पनि छ । कसैले सुहाउँदो भूमिकाका लागि सम्झिए पटक-पटक नेपाल आउन सकिन्छ।
No comments:
Post a Comment